काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री बालेन शाहले पार्टी...

पुरा पढ्नुहाेस्

मोटरसाइकलको ठक्करले कञ्चनपुरमा श्रीमानको मृत्यु, श्रीमती घाइते

6.59K
shares
khanepani bord

काठमाडौ । काठमाडौ कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

बिहीबार से १ प ७४६१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० का ७३ वर्षीय राम खुनाको मृत्यु भएको छ।

उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा बिहीबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।

दुर्घटनामा घाइते भएकी खनाकी श्रीमती विष्णु खुनाको उपचार भइरहेको छ।

ठक्कर दिने मोटरसाइकल चालक वेदकोट नगरपालिका वडा नम्बर ५ का २६ वर्षीय धनबहादुर ओखेडालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

IME
khanepani