नेपाली कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास बुढालीकण्ठमा सुरु

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास बुढालीकण्ठमा सुरु भएको छ । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायतको उपस्थिति छ ।

प्रधानमन्त्री नियुक्त भएलगत्तै शेरबहादुर देउवाले पार्टीको बैठक सरकारी निवास बालुवाटारमा बोलएका थिए । पार्टीको बैठक प्रधानमन्त्री निवासमा नराख्न नेताहरुले नै सुझाव दिएपछि सभापतिको निवासमा राखिएको हो ।

बैठकमा आसन्न महाधिवेशनको कार्यतालिका संशोधन, निर्वाचन निर्देशिकालगायतका विषयमा छलफल हुने बताइएको छ ।

८,श्रावण.२०७८,शुक्रबार १०:३२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्