काठमाडौँ । विश्वका धनी प्रविधि उद्यमी एलन मस्कले आफ्नो कृत्रिम बुद्धिमत्ता कम्पनी एक्सएआईमार्फत चन्द्रमामा...

पुरा पढ्नुहाेस्

नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिने तयारी

5.53K
shares
khanepani bord

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिने भएका छन् । पार्टी अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधव नेपाल लगायतको आग्रहपछि रावलले राजीनामा फिर्ता लिने भएका हुन् ।

अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकमै रावलको राजीनामा फिर्ता हुनुपर्ने बताएका थिए । स्रोतकाअनुसार विहीवार ओलीले रावललाई फोन गरेर राजीनामा फिर्ता लिई पार्टी एकताको पक्षमा लाग्न आग्रह गरेका थिए ।

ओलीको आग्रह लगत्तै रावल बरिष्ठ नेता नेपाललाई भेट्न कोटेश्वर गएका थिए । उनले नेपाललाई एकताबाट अन्यत्र नजान आग्रह गरेका छन् । नेपालले रावललाई राजीनामा फिर्ता लिन बुधवार उनको निवासमै गएर आग्रह गरेका थिए ।

१० बुँदे सहमति गराउन माधव नेपाल पक्षको वार्ता टोली संयोजकको भूमिका निर्वाह गरेका रावलले शेरवहादुर देउवालाई विश्वासको मत नदिन आफूले गरेको आग्रह नेपालले नमानेपछि सांसद पदबाट राजीनामा दिएका थिए ।

उनको राजीनामा सभामुखसमक्ष पुगे पनि स्वीकृत भएको छैन । रावल पछिल्लो समय एमाले मिलाउने अभियानमा निर्णायक भूमिकामा छन् । उनले एमाले एकता जोगाउनुपर्ने भन्दै देउवा सरकार जोगाउने जिम्मा आफूहरुको नरहेको बताएका छन् ।

IME
khanepani