काठमाडौं । पूर्व प्रधानन्यायधिश भएको मानिस जान जानी संविधान मिचेर प्रधानमन्त्री भएको भन्दै एमाले...

पुरा पढ्नुहाेस्

लामो दुरीको सवारीसाधन सञ्चालन गर्न दिने काठमाडौं प्रशासनको निर्णय

4.3K
shares
khanepani bord

काठमाडौं । काठमाडौ जिल्ला प्रशासन कार्यालयले लामो दुरीको सवारीसाधन सञ्चालन गर्न अनुमति दिएको छ।

शुक्रबार एक सूचना जारी गर्दै लामो तथा मध्यम दुरीका सवारीसाधन सञ्चालनको व्यवस्था गर्न अनुरोध गरेको हो।

‘मन्त्रिपरिषद्को निर्णय अनुहार गृह मन्त्रालयबाट हामीलाई परिपत्र भएको थियो। त्यही अनुसार हामीले आज सूचना जारी गरेका हौं,’ प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए ।

त्रिभुवन विश्वविद्यालय, लोक सेवा आयोग लगायतका परीक्षाहरू हुने भएकोले लामो तथा मध्यम दुरीका सवारीसाधन चलाउने व्यवस्था मिलाउन लागेको हो।

‘परीक्षार्थी तथा सर्वसाधरणहरूको आवतजावतलाई सहज बनाउन उपत्यकाका सम्पूर्ण व्यवसायीहरूले नेपाल सरकारले तोकेको स्वास्थ्यको मापदण्डको पूर्ण पालना गरी मध्यम तथा लामो दुरीका सार्वजनिक यातायात सञ्चालनको व्यवस्था मिलाउन अनुरोध छ,’ प्रशासकिय अधिकृत लक्ष्मीकुमारी शाहीले जारी गरेको सूचनामा भनिएको छ।

यात्रु गर्नेहरूलाई टिकट काटेर मात्रै यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ।

khanepani