काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता एवं नागरिक बचाउ दलका संरक्षक दुर्गा...

पुरा पढ्नुहाेस्

युरोपियन युनियनको शीर्ष मेडिकल अङ्गले १२ देखि १७ वर्षका बालबालिकाहरूलाई मोडर्नाको खोपलाई लगाउन अनुमति प्रदान

5.81K
shares
khanepani bord

काठमाडौं । विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्यामा पुनः वृद्धि देखिएको छ । यस्तोमा विश्वभरका राष्ट्रहरूले कोरोनाविरुद्धको खोप अभियानलाई युद्धस्तरमा अघि बढाइरहेका छन् । हाल १८ वर्षभन्दा माथिकालाई खोप दिइरहिएको छ । त्यही भएर अब बालबालिका भाइरसको जोखिममा रहेको बताइरहेको छ ।

युरोपियन युनियनको शीर्ष मेडिकल अङ्गले १२ देखि १७ वर्षका बालबालिकाहरूलाई मोडर्नाको खोपलाई लगाउन अनुमति प्रदान गरेको छ । यसअघि युरोपियन मेडिकल एजेन्सी (ईएमए) ले मेमा फाइजरको खोपलाई यस उमेर समूहका लागि अनुमति प्रदान गरेको थियो ।

ईएमएले स्पाइकभ्याक्स खोपलाई १८ वर्ष उमेरभन्दा माथिका लागि जस्तै १२ देखि १७ वर्ष उमेर समूहमा प्रयोग गर्न सकिने बताएको छ । उनीहरूलाई पनि ४ हप्ताको अन्तरमा खोपको दुई डोज दिइनेछ ।

ईएमएका अनुसार खोपलाई अनुमति दिन अघि १२ देखि १७ वर्ष उमेरका ३ हजार ७३२ जनामा यसको प्रयोग गरिएको थियो । यसमा सकारात्मक परिणाम प्राप्त भएको उनीहरूको भनाइ छ । सबैको शरीरमा उल्लेख्य मात्रामा एन्टीबडी निर्माण भएको पाइएको ईएमएको भनाइ छ ।

उता, फाइजरले १२ वर्षभन्दा कम उमेरकामा पनि खोपको परीक्षण सुरु गरिएको छ । विश्वका चार देशका ४५ सयभन्दा बढीमा यसको प्रयोग गरिँदै छ ।

khanepani