काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइ मुलुकमा उत्पन्न...

पुरा पढ्नुहाेस्

राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम को जहाजले मलेशियाबाट २४ वटा नेपालीको शव नेपाल ल्याइयो

5.56K
shares
khanepani bord

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाजले मलेशियाबाट २४ वटा नेपालीको शव नेपाल ल्याएको छ । निगमको वाइडबडी ए ३३० जहाजले मलेशियाको राजधानी क्वालालम्पुरबाट एकैपटक २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याएको हो ।

वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा विभिन्न समयमा मृत्यु भएका नेपालीको शव बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको निगमको उडान सञ्चालन विभागले जानकारी दिएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका ती शव आजै आफन्तलाई जिम्मा लगाइएको छ ।

यसैबीच सरकारले चीनबाट खरिद गरिएको कोभिडविरुद्धको भेरोसेल खोप लिन निगको अन्तिम उडानको जहाज आइतबार चीनको बेइजिङ जाने उडान तालिका रहेको निगमले जनाएको छ । निगमले पछिल्लो पटक तीन उडानमार्फत चीनबाट खोप नेपाल ल्याएको छ ।

गत असार २५ गते पहिलो उडानमार्फत आठ लाख मात्र खोप नेपाल ल्याइएको थियो । त्यस्तै साउन १ गते थप मात्राको खोप ल्याइएको थियो ।

IME
khanepani