रामेछाप माओवादी केन्द्रले नगर सचिवालय सदस्य रत्न नेवारलाई गरो निलम्बन

रामेछाप । नेकपा माओवादी (केन्द्र) रामेछापले रत्न नेवारलाई निलम्बन गर्दै सांसद श्यामकुमार श्रेष्ठलाई सफाइ दिएको छ ।

नेकपा माओवादी केन्द्र रामेछाप नगर कमिटि सचिवालय सदस्य समेत रहेका नेवार रामेछाप नगरपालिका वडा नं ४ स्थित रेणुका देवी मावि हिमगंगाको ब्यवस्थापन समितिको नेतृत्वमा रहदा देखि बिभिन्न कालखण्डमा बिभिन्न शिर्षकमा उक्त विद्यालयमा गएको रकमको हिनामिनाको विषयमा उनको नाम जोडिएपछि रत्न नेवारलाई निलम्बन गरेको हो ।

सो विद्यालयमा भएको अनियमिततामा उनको नाम जोडिएपछि पार्टिबाट सोधिएको स्पस्टीकरणमा चित्त बुझ्दो जवाफ नेवारबाट प्राप्त नभएको र प्रशासनिक रुपमा भैरहेको अनुसन्धानलाई समेत सहज होस भन्ने उद्देश्यका साथ एक बर्षसम्म पार्टिको सदस्य समेत नरहने गरी नेवारलाई निलम्बन गरिएको पार्टि अध्यक्ष मैन कुमार मोक्तानद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

बिज्ञप्तीका अनुसार उक्त विद्यालयमा आ ब २०७७।७८ मा परेको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सांसद श्याम कुमार श्रेष्ठद्धारा विनियोजित ४० लाख रकम हिनामिना सम्बन्धी यहि २०७८ असार ८ गते विभिन्न सञ्चार माध्यमहरुमा प्रकाशन र प्रशारण भएको समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको र पार्टिले गरेको अनुसन्धानका क्रममा उक्त रकम हिनामिनामा जोडिएका सांसद श्याम कुमार श्रेष्ठ कहि कतै मुछिएको नभेटिएकोले गलत प्रचार प्रति खेद ब्यक्त गरेको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।

त्यसैगरी पार्टिका सदस्य निरज कुमार श्रेष्ठले २०७७ साउन १८ गते दिएको राजिनामा नेकपा माओवादी वागमति प्रदेश कार्यालयले स्वीकृत गरेको पनि जनाइएको छ ।

पार्टिले उक्त विषयलाई लिएर जिल्ला कोषाध्यक्ष निर्मल बोहोराको संयोजकत्वमा रामेछाप नगर अध्यक्ष मोतिलाल तमाङ र सचिवालय सदस्य शिशिर खड्गी समेत रहेको छानविन समिति गठन गरेको थियो । टोलिले स्थलगत रुपमा अनुसन्धान गरी सो को प्रतिवेदन यहि २०७८ असार १८ गते पार्टिमा बुझाएको थियो ।

नेवारले गरेको अनियमितताको विषयमा स्थानीयले बर्षौ देखि कुरा उठाउदै आएको भएपनि त्यसलाई उनले बेवास्था गदै आएका थिए । सो विषयका सन्दर्भमा गत आ.ब. को नगरपालिकाले गरेको सार्वजनिक सुनुुवाई कार्यक्रममा समेत गाउँलेहरुले उनको नाम लिएर कुरा उठाएका थिए ।

९,श्रावण.२०७८,शनिबार १३:३२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्