काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले राष्ट्रमा आएको संकट...

पुरा पढ्नुहाेस्

पुष्पकमल (प्रचण्ड)ले पार्टीभित्र मन्त्रीहरुको आकांक्षी धेरै हुँदा दबाबमा परेको गरे खुलासा

5.62K
shares
khanepani bord

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र मन्त्रीको आकांक्षी धेरै हुँदा आफू दबाबमा परेको बताएका छन् ।

शनिबार पार्टी कार्यालय पेरिसडाँडामा कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले आफू कसलाई मन्त्री बनाउने भन्ने विषयमा आफ्नो दिमागमा आतंक चलिरहेको बताए ।

‘म त मन्त्री बन्न दबाब दिने मान्छेको हुलभित्रबाट आएको छु’ उनले आफ्नो मन्तव्यको शुरुतिरै भने, ‘आतंक छ, मेरो दिमागमा कल्लाई मन्त्री बनाउने कसलाई नबनाउने ?’

अध्यक्ष प्रचण्डले प्रतिनिधिसभामा रहेका आफ्नो पार्टीका ४९ सांसदमा सबैजसोले मन्त्री बन्ने आकांक्षा राखेको तर गठबन्धन सरकारमा बढीमा ७ वटा मात्रै मन्त्री पाउने बताए । मन्त्री नबनाए नेतृत्वलाई गाली गर्ने प्रवृत्ति देखिएको भन्दै उनले भने, ‘यहाँ मन्त्री पाएन भने नेतृत्वलाई सरापेर हिँड्ने, मन्त्री पायो भने मात्र…गर्ने प्रवृत्ति जबर्जस्त छ, अहिलेको परिपाटीभित्र ।’

आफूले नियुक्ति पाएमा नेतृत्व ठीक छ भन्ने, तर नपाएमा नेतृत्व बदमास छ भन्ने प्रवृत्ति देखिएको पनि अध्यक्ष प्रचण्डले बताए । मन्त्री छान्ने विषयमा आफू मानसिक तनावमा परेको पनि उनले बताए ।

‘कुरा गर्दा आदर्शका ठूल्ठूला कुरा गर्ने तर चित्त चाहिँ के छ भने मन्त्री पाइन्छ कि पाइँदैन ? पाइन्छ भने ठीक छ, पाइँदैन भने ठीक छैन, यो आजको हाम्रो कल्चर हो’ प्रचण्डले भने ।

IME
khanepani