काठमाडौं । काठमाडौं–मन्थली बस सेवा अनिश्चितकालका लागि बन्द भएको छ । काठमाडौं–मन्थली चल्ने अरनिको...

पुरा पढ्नुहाेस्

युथफोर्सका कार्यकर्ताले शक्ति प्रदर्शन गर्दा गरेको फोहोर उठाउर्दै डाक्टर केसी

5.24K
shares
khanepani bord

काठमाडाै‌ । चिकित्सा शिक्षा सुधार अभियन्ता गोविन्द केसी शनिबार माइतीघर मण्डलामा पुगेका थिए। त्यहाँ उनी सडकको फोहोर उठाउँदै थिए।

केसी शनिबार आफ्नै रहरले सडकमा निस्केका थिए। उनी विवेकशील समूहले माइतीघर मण्डलामा आयोजना गरेको प्रदर्शनमा पुगेका थिए।

उनी दिउँसो ३ बजे माइतीघर मण्डलामा पुगेका थिए। विवेकशील समूहले अपराह्न ४ बजे प्रदर्शन गर्ने कार्यक्रम राखेको थियो।

विवेकशीलले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रष्टाचार र अनियमितताबारे खबरदारीका लागि प्रदर्शन गरेको थियो।

चिकित्सा क्षेत्रको विकृतिमाथि कार्यक्रम आयोजना भएकाले आफू त्यहाँ पुगेको केसीले बताए। उनी सो समूहसँग नजिक थिए।

कार्यक्रम सकिएपछि सडकमा फोहोर देख्दा आफूलाई एकदमै नराम्रो लागेको केसीले बताए।

‘सडकमा पानी खाँदै बोत्तल फालिएका थिए, खैनी खाएर थुकिएको थियो,’ केसीले भने, ‘सडक फोहोर देख्दा सफा नगरी हिँड्न मन लागेन।’

विवेकशील समूहको कार्यक्रम सुरू हुनुअघि काठमाडौंमा भर्खरै सत्ताच्यूत भएको नेकपा एमालेका कार्यकर्ताले सडकमा शक्ति प्रदर्शन गरेका थिए। एमालेनिकट युथफोर्सका कार्यकर्ताहरू सडकमा निस्किँदा फोहोर भएको थियो।

युथफोर्सले आफ्नो उपत्यका कमाण्ड फोर्स गठन गरेको थियो। युथफोर्सले आफ्नो ११०१ जनाको उपत्यका कमाण्ड गठन गरेको थियो।

गठनअघि विभिन्न ठाउँमा भेला भएका युथफोर्स कार्यकर्ता नयाँ बानेश्वरबाट माइतीघर हुँदै कार्की ब्यांकेट पुगेका थिए

विवेकशीलको कार्यक्रम सकिएपछि सडकमा जताजतै पानीका बोत्तलहरू देखेपछि केसी फोहोर टिप्न थालेका थिए।

सो समूहका अभियन्ता पनि कार्यकर्ताले पनि केसीलाई सहयोग गरेका थिए।

‘सयौंको संख्यामा जुलुस निस्केर फोहोर फालिएको रहेछ, उदण्डपूर्वक निस्केका मानिसले गरेको फोहोर उनीहरू आफैंले त टिप्दैनन्, कसैले त सफा गर्नुपरो,’ उनले भने, ‘हामीले पनि प्लेकार्ड बोक्दा फोहोर भएको थियो, मैले फोहोर टिप्दा के नौलो भयो र?’

युथफोर्सको जुलुसलाई लक्षित गर्दै केसीले त्यो भूतपूर्व प्रधानमन्त्री केपी ओलीले आफ्नो शक्ति देखाउनका लागि यत्रो मिहेनत किन गरेको होला भनी आफूलाई लागेको बताए। तर, ओलीले अब शक्ति देखाउन छोडेर राजनीतिक अभिभावकको रूपमा काम गर्दा उयुक्त हुने सुझाव केसीले दिए।

‘अब तपाईं औषधी उपचार गरेर घरमै बस्नुहोस्, तपाईंले जति गर्नुभयो, राजनीतिको गुण्डाराज चलाउनुभयो। अब सडकमा यस्तो उदण्डता नदेखाउनुस्, अभिभावकको रुपमा काम गरेर बस्नुहोस्,’ केसीको सुझाव छ, ‘अब तपाईंको राजनीतिक काम सकियो। गुण्डालाई पढाएर, परिचालन गरेर राजनीति गर्ने दिन सकिएका छन्।’

ओलीलाई यो सुझाव दिइरहँदा केसी आफूलाई चिकित्सा शिक्षा सुधारका लागि मात्र नभएर अन्य विकृतिका विरूद्धमा पनि आफ्नो सदैव योगदान रहने बताउँछन्।

‘म चिकित्सक पेशाबाट रिटायर्ड भए पनि चिकित्सा शिक्षा क्षेत्रमा खबरदारी गरिरहेको छु, मेरो अभियान सीमित क्षेत्रमा मात्र हुँदैन,’ केसीले भने, ‘मैले सडक सरसफाइ गर्न नहुने पनि होइन।’

केसी केही समयअघि मात्रै नेपाल फर्किएका थिए। उनी द्वन्द्वग्रस्त मुलुक सिरियामा तीन महिना बिताएर नेपाल आएका थिए।

केसीले त्यहाँ रहँदा द्वन्द्वबाट पीडित तथा प्रभावित जनताको उपचार गरेका थिए।

IME
khanepani