काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री बालेन शाहले पार्टी...

पुरा पढ्नुहाेस्

कोरोना संक्रमण दर बढेको भन्‍दै दमक नगरपालिकाले एक साता निषेधाज्ञा गर्ने लागू

5.43K
shares
khanepani bord

झापा । कोरोना संक्रमण दर बढेको भन्‍दै दमक नगरपालिकाले एक साता निषेधाज्ञा लागू गर्ने भएको छ ।

नगरपालिकाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि साउन साउन ११ गते विहान ४ बजेदेखि साउन १७ गते मध्‍यराति १२ बजेसम्‍म नगरपालिका क्षेत्रभित्र निषेधाज्ञा गर्ने विज्ञप्तिमार्पत जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘ दमक नगरपालिका क्षेत्रभित्र कोरोना भाइरस संक्रमण फैलदो क्रममा रहेको हुँदा मिति२०७८ साउन११ गते बिहान ४ बजेदेखि २०७८ साउन १७ गते मध्‍य राति १२ बजेसम्‍म नगरपालिका क्षेत्रभित्र निषेधाज्ञा लागू गरिएको सम्‍बन्धित सबैमा हार्दिक अनुरोध छ । ‘

यस्तै नगरपालिकाले अनुमति नलिइ अत्यावश्‍यक काक बाहेक घरबाट बाहिर ननिस्किन आग्रह गरेको छ भने व्‍यापार, व्यावसाय, उद्योग कलकारखाना, शिक्षण संस्था, सम्पूर्ण वित्तीय संस्था र सबै प्रकारका सावारी साधन पूर्णरुपले बन्‍द हुने छन् ।

यस्तै नेपाल सरकारले तोकिएको सामाजिक दूरी, स्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्न समेत सबैमा नगरपालिकाले आग्रह गरेको छ ।

IME
khanepani