लुम्बिनी प्रादेशिक अस्पतालमा १८ घण्टाभित्र पाँच जना कोरोना संक्रमितको मृत्यु

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देही र गुल्मीका २÷२ जना र प्यूठानका एक जना गरी पाँच जना संक्रमितको १८ घण्टाको अवधिमा मृत्यु भएको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका ५ की ३२ वर्षीया महिला, बुटवल उपमहानगरपालिका ७ का ४४ वर्षीय पुरुष, गुल्मीको चन्द्रकोट ५ का ५६ वर्षका पुरुष, गुल्मी इस्मा ५ का ७१ वर्षीय पुरुष र प्यूठानको सरुमारानी २ की ६३ वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।

उनीहरुमा असार २३ गतेदेखि साउन ४ गतेसम्म विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए । उनीहरुको शनिबार साढे एक बजेदेखि आइतबार बिहान सवा ६ बजेको अवधिमा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

१०,श्रावण.२०७८,आईतवार १४:५३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्