काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता एवं नागरिक बचाउ दलका संरक्षक दुर्गा...

पुरा पढ्नुहाेस्

धादिङमा १० दिनदेखि हराइरहेकी युवती मृत भेटिइन्

3.97K
shares
khanepani bord

काठमाडौं । धादिङमा १० दिनदेखि बेपत्ता युवती मृत भेटिएकी छन् ।

जिल्लाको गजुरी गाउँपालिका ८, पर्वाङस्थित जंगलमा २० वर्षीया सम्झना रोकाको शव भेटिएको गजुरीका डीएसपी युवराज खड्काले बताए ।

उनका अनुसार शव सडेको अवस्थामा बरामद भएको छ । ‘जाँचका लागि शव उठाइसकेका छौं’ खड्काले भने, ‘जिल्लामै पोष्टमार्टम गर्ने कि अन्यत्र लैजाने टुंगो लागेको छैन ।’

मृत्युको कारण पोष्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्नेछ । घटनास्थलबाट उनको घर ३ सय मिटरको दूरीमा छ ।

khanepani