
काठमाडौं । काठमाडौ उपत्यकामा थप १० दिन निषेधाज्ञा लम्ब्याइएको छ।
आइतबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सोमबारदेखि १० दिन सम्मको लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो।
निषेधाज्ञा लम्बिए पनि सबै आदेशहरू साबिकको आदेशबमोजिम नै रहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए।
१० दिन थप्ने निर्णय गरेका छौं। सबै निर्यणहरू साबिककै हुन्, उनले बताए ।
साउन १ गतेबाट जारी निषेधाज्ञा आइतबार सकिँदैछ। भोलि देखि जारी हुने थप १० दिनको निषेधाज्ञामा कुनै पनि प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब लगायत मानिसहरू भिडभाड हुने कार्यक्रमहरू सञ्चालन गराउन पाइने छैन।
खुला स्थानमा मानिसहरू भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज गर्न नपाइने प्रशासनले जनाएको छ। शैक्षिक संस्थाहरू पनि अहिले भौतिक उपस्थितिमा पठनपाठन गर्न अनुमति दिइएको छैन। स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ देखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छैन।
औषधि तथा स्वास्थ्य सामाग्रीका पसलहरू बाहेक अरू पसल तथा व्यवसायहरू साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछन्। रेष्टुरेन्ट तथा फास्ट फुड, अनलाइन अर्डर र टेक अवेका सेवाहरू पनि साँझ ७ बजेसम्ममात्रै सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ।
यसअघि जिल्ला प्रशासन कार्यालयले लामो दुरीका सवारीसाधनहरू चल्न अनुमति दिएको थिएन। तर गृहमन्त्रालयबाटै पत्राचार भएपछि शुक्रबार सूचना जारी गर्दै लामो तथा मध्यम दुरीका सवारीसाधन चल्न दिने अनुमति दिएको थिए।
प्रतिक्रिया दिनुहोस्