काठमाडौं । सधैँ आक्रामक र प्रत्यक्ष राजनीतिक भाषाशैलीका लागि परिचित नेकपा एमालेका अध्यक्ष केपी...

पुरा पढ्नुहाेस्

सजपा केन्द्रीय कार्यकारिणी समिति सदस्य को ठाकुर र को यादवतिर भन्ने ‘हेडकाउन्ट’ गर्दै निर्वाचन आयोग

4.37K
shares
khanepani bord

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल जसपाभित्र देखिएको आन्तरिक विवाद हल गर्न निर्वाचन आयोगले सोमबार दुबै पक्षलाई आयोगमा बोलाएको छ।

अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवसहित केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूलाई आयोगले बोलाएको हो।

जसपामा ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति छ। अध्यक्ष यादवले आफू पक्षमा बहुमत केन्द्रीय कार्यकारिणी समिति सदस्य भएकोले जसपा आफूहरूको भएको दाबी गरिरहेका छन्। ठाकुर पक्षले पनि जसपा आफूहरूको हुनुपर्ने बताइरहेको छ।

दुबै पक्षले दाबी गरेपछि जसपा आधिकारिकतामा विवाद छ।

अध्यक्ष ठाकुरले आयोगले केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई बोलाएकोमा त्यसविरूद्ध सर्वोच्चमा रिट दिएका थिए। आइतबार सर्वोच्चले ठाकुरको मागबमोजिम अन्तरिम आदेश दिएन।

आज आयोगमा जानुअगाडि अध्यक्षद्वय ठाकुर र यादव पक्षका नेताहरू बेग्लाबेग्लै छलफलमा छन्। आयोगले जता बहुमत देखिन्छ त्यसलाई जसपा दिएर अर्को पक्षलाई पार्टीको नाम र चुनाव चिन्हसहित आउन समय दिन्छ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको इजलासमा जसपा विवाद निरूपण गरिँदैछ। यसअघि आयोगले दुबै पक्षलाई छलफलमा बोलाएको थियो।

आज केन्द्रीय कार्यकारिणी समिति सदस्य को ठाकुर र को यादवतिर भन्ने ‘हेडकाउन्ट’ आयोगले गर्नेछ।

IME
khanepani