काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले ‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०÷८१ को...

पुरा पढ्नुहाेस्

देशव्यापी प्रदर्शनपछि ट्युनिसियाका राष्ट्रपतिले बर्खास्त गरे प्रधानमन्त्री, संसद निलम्बनमा

5.63K
shares
khanepani bord

एजेन्सी ।उत्तर अफ्रिकी मुलुक ट्युनिसियामा राष्ट्रपतिले प्रधानमन्त्रीलाई बर्खास्त गरिदिएका छन् भने संसद निलम्बन गरेका छन्।

बिबिसीका अनुसार सरकारले कोरोनाभाइरसको नियन्त्रणमा गरेको काम प्रभावकारी नभएको भन्दै देशव्यापी रूपमा सरकारविरोधी प्रदर्शन भएपछि राष्ट्रपति कइस साइएदले आइतबार प्रधानमन्त्री हिचेम मेचिचीलाई बर्खास्त गरेका हुन्।

सन् २०११ मा ‘अरब स्प्रिङ’को सुरूआत भएको ट्युनिसियामा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण तीव्र रूपमा बढिरहेको थियो भने अर्थतन्त्र ओह्रालो लागेको थियो। सरकारले कोरोना रोक्न प्रभावकारी रूपले काम गर्न नसकेको भन्दै आक्रोशित भएका ट्युनिस नागरिकले देशभरि प्रदर्शन थालेका थिए।

देशमा शान्ति स्थापना गर्न आफूले प्रधानमन्त्रीलाई हटाउने र संसद निलम्बन गर्ने निर्णय गरेको राष्ट्रपति साइएदले जनाएका छन्। बर्खास्तगीमा परेका प्रधानमन्त्रीको पार्टीले भने यसलाई कूको संज्ञा दिएको छ।

प्रधानमन्त्री पदच्युत भएको समाचार सुनेपछि प्रदर्शनकारीहरूले आइतबार साँझ सडकमा खुसीयाली मनाएका थिए। उनीहरूको माग नै सरकारलाई हटाउनु पर्ने र संसद विघटन गर्नु पर्ने थियो।

आन्दोलनका क्रममा उनीहरूले सत्तारूढ पार्टीको केन्द्रीय कार्यालयमा पनि तोडफोड गरेका थिए।

राष्ट्रपति साइएदले अब कसैले हिंसात्मक गतिविधि गरे सैनिकहरूले त्यसको जवाफ गोलीमार्फत् दिने चेतावनीसमेत दिएका छन्।

उनले ट्युनिसियाको संविधानले राष्ट्रपतिलाई संसद निलम्बन गर्ने अधिकार दिएको दाबी गरेका छन्।

संसदका सभामुखले भने राष्ट्रपतिले संविधान र आन्दोलनमाथि कू गरेको आरोप लगाएका छन्।

१० वर्षअघि ट्युनिसियामा २४ वर्षदेखि शासन गरिरहेका बेन अलीविरूद्ध आन्दोलन भएको थियो। त्यही आन्दोलनले अरब स्प्रिङको सुरूआत गरेको थियो।

सन् २०१४ मा बनेको ट्युनिसियाको संविधानले कार्यकारणी अधिकार राष्ट्रपति, प्रधानमन्त्री र संसदमा बाँडेको थियो।

IME
khanepani