काठमाडौँ । ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले यही फागुन...

पुरा पढ्नुहाेस्

प्रदीप ज्ञवालीले भने, ‘एमाले एकता १० दिनमा टुंगिन्छ, माधव कमरेडलाई कुरेर बस्दैनौं’

5.04K
shares
khanepani bord

रुपन्देही । पूर्वमन्त्री तथा नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले एक साताभित्रै पार्टी एकताको टुंगो लागिसक्ने बताएका छन् ।

सोमबार पाल्पामा पार्टी अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै नेता ज्ञवालीले कार्यदलले तयार पारेको १० बुँदे आधारमा रहेर एकता अघि बढ्ने बताए । ‘माधव कमरेडलगायतका साथीहरू तत्काल नआए पार्टी एकताको ढोका खुला राख्दै अघि बढ्छौं जुन दिन पाटीमा फर्किनुहुन्छ सोही दिन पुरानै जिम्मेवारी दिइन्छ । तर, अब कुरेर बस्ने स्थिति छ ।’

विपक्ष दलको नेतालाई सरकार बनाउँदासम्म पनि पार्टी एकता जोगाउन वर्तमान पार्टी अध्यक्षले भूमिका खेलेपनि एकतामा नआउनु भनेको एकता नचाहेको अर्थ बुझिने नेता ज्ञवालीले टिप्पणी गरे ।

वर्तमान गठबन्धनले नेकपा एमालेलाई कमजोर बनाउने, फुटाउने, राष्ट्रिय राजनीतिमा भूमिकाविहीन बनाउने, विभिन्न प्रलोभन दिएर संसाद खरिदबिक्री गर्ने, संसदलाई निष्क्रिय बनाउने फोहोरी र अनैतिक काम गरेको एमाले प्रवक्तासमेत रहेका ज्ञवालीको आरोप छ ।

सत्तागठबन्धनले दलको एउटै चाहना एमालेलाई कमजोर बनाएर राष्ट्रिय राजनीतिलाई नै गलत दिशामा लैजान खोजे पनि एमालेले त्यसो हुन नदिने उनले बताए ।
सर्वोच्च अदालतले गरेको फैसला गलत, संविधानविपरीत, संविधानको अपव्याख्या भएकाले कार्यकर्तालाई गाउँगाउँमा पुगी भण्डाफोर गर्नसमेत ज्ञवालीले आग्रह गरेका छन् ।

IME
khanepani