निर्वाचन आयोग पुगेका रेशम चौधरीले भने, ‘पक्ष र विपक्षको सनाखत गर्न मेरो नैतिकताले दिएन’

नेपाली जनता
nepalijanta73@gmail.com

काठमाडौ । काठमाडौ जनता समाजवादी पार्टी जसपा को आन्तरिक विवादको हस्ताक्षर सनाखत गराउन निर्वाचन आयोग पुगेका रेशम चौधरी तटस्थ बसेका छन्।

उनले निर्वाचन आयोग पुगेर जसपाका दुबै पक्षका नेतासँग कुरा गरेर बाहिर निस्केपछि पत्रकारसँग आफू तटस्थ बस्ने निर्णय गरेको जानकारी दिए। उनी निलम्बित प्रतिनिधि सभाका सांसद तथा केन्द्रीय कार्यकारिणीका सदस्य हुन्।

आज जेलबाट निर्वाचन आयोग आएर पक्ष र विपक्षको सनाखत गर्न मेरो नियत र नैतिकताले दिएन,’ उनले भनेका छन्, ‘मेरो पक्ष पनि जसपा हो विपक्ष पनि जसपा हो र म जसपाको एउटा कार्यकर्ता हुँ।’

उनलाई जेलबाटै हस्ताक्षर सनाखत गराउने तयारी थियो। यसका लागि आयोगले जेलमा पत्रसमेत पठाएको थियो। तर चौधरीले नमानेपछि उनलाई जेलबाट कडा सुरक्षाबीच निर्वाचन आयोग लगिएको थियो।

५१ सदस्यीय जसपाको केन्द्रीय कार्यकारिणी समितिमा ३४ जना सदस्यले उपेन्द्र र १६ जनाले महन्थको पक्षमा सनाखत गरेका छ ।

यसअघि दुबै पक्षले आफ्नो पक्षमा चौधरी रहेको बताउँदै आएका थिए। तर, चौधरी तटस्थ बसेर सनाखत नगरी फर्किए। उनले आफू निर्दोष रहेको जिकिर गरे। ‘निर्दोषीलाई थुन्न पाइँदैन, न्याय पाउँ श्रीमान् न्याय,’ उनले बताए ।

उनले आफू निष्ठाको राजनीति गर्नेसमेत बताए। यस्तै महन्थ ठाकुरलाई भिष्मपितामह दर्जा कायम गर्न सुझाव दिएका चौधरीले युद्वको नियमका कारण बाण हान्नु परेको महाभारतको प्रसङ्गसमेत सुनाउन भ्याएका थिए।

जसपाको आधिकारिकता विवादमा आयोगले हेड काउन्ट सनाखत गराएको हो। ५१ जना केन्द्रीय कार्यकारिणी समितिका सदस्यले सनाखत गरिसकेकाले आजै निर्णय दिने तयारी गरेको आयोगले जनाएको छ।

यो पनि पढ्नुहोस  भेटियो हराएकी वृद्ध महिलाको शव
११,श्रावण.२०७८,सोमबार १५:३४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: