केयूकेएलमा शर्तकता केन्द्रको छापा, र्कितिपुरमा थापाले जथाभावी गरे पाइपलाइन र भुक्तानी

काठमाडौ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को मुख्य कार्यालयमा सतर्कता केन्द्रले छापा मारेर आवश्यक कागजात अनुसन्धानको लागि लगेको छ ।

केयूकेएल मुख्य कार्यालयले आर्थिक बर्ष समाप्त भएपछि पनि शाखाबाट भएका निर्माणका कामको मुक्तानी दिन आलटाल गरेको उजुरी सर्तकता केन्द्रमा परेपछि केन्द्रले केयूकेएल मुख्य कार्यालयमा छापा मारेको सर्तकता केन्द्र स्रोतले बताएको छ ।
विगत देखिनै केन्द्रिय कार्यालय र शाखा कार्यालयहरु वीच भुक्तानीका विषयमा लफडा हुर्दै आएको थियो । सिइओले कमिशन नदिने शाखाहरुको भुक्तानीको लागि चेक काटेर पनि चेक रद्ध गरेका घटनाहरु केयूकेएलका लागि नौलो भने होइन ।
केयूकेएलमा आर्थिक वर्ष सकिएपछि साउनको दोस्रो हप्तासम्म पनि कार्यक्रमका र्शिषकहरु परिवर्तन गर्ने, नयाँ कार्यक्रम बनाउने र स्विीकृत गरेर भुक्तानी दिने गरेको कर्मचारीहरुको गुनासो रहेको छ ।

केयूकेएलको सिइओ र विभागिय प्रमुखहरु वीच तालमेल नमिल्दा कुनै कुनै शाखाका प्रमुखहरु रुनु न हाँस्नुको अवस्थामा पुगेका छन भने कुनै कुनै शाखा प्रमुखहरुका लागि चाँदी कटाई भएको छ ।
त्रिपुरेश्वर शाखाका प्रमुख मेलम्चीको पानीको लिक मर्मतको पैसा समयमा भुक्तानी नभएपछि हुर्दै हिडेका छन भने र्कितिपुर शाखाका मिलन थापा घरको नक्सा बनाउन व्यस्त छन । उनी जागिरको करिव ७ वर्षको अवधिमा एउटा आलिनशान बंगला निर्माण गर्ने सोचमा रहेका छन ।

उनी जाउलाखेल शाखामा हुदाका बखत नै झण्डै जागिरबाट हात धुने अवस्थामा पुगेका थिए । माओवादी केन्द्र कि नेतृ तथा उर्जा, सिंचाई तथा जलस्रोत मन्त्री पम्फा भुसालको निर्वाचन क्षेत्रका जनतासँग खानेपानीको धारा मर्मत र जडानका लागि मोटो रकम घुष लिएपछि तत्कालीन केयूकेएलका महाप्रबन्धक महेश भट्टराईले स्पष्टिकरण सोधेर जागिर बचाईदिएका थिए । उनी हाल र्कितिपुर शाखाको प्रमुख भएका छन । उनले त्यहाँ जथाभावि पाइपलाईन गरेर केयूकेएलको करोडौ रुपयाँ माटो बनाएको समाचार प्राप्त भएका छन ।

बोलिको ठेगान नभएका थापा आफै बोक्सी र आफै थामीको समेत काम गर्न निक्कै निपुर्ण छन ।
उनले जथाभावि काम गरेको फाइल सच्याउदा ज्ञानेन्द्र कार्कीलाई परिसान भएको केयूकेएल स्रोतले दावी गरेको छ । कार्की बढुवा हुने समयमा सबैको नरम करम मिलाउने सोचमा पुगेकोे मौका छोपी थापाले नाजायज ढंगबाट आफ्ना गलत फाइलहरु सच्चाउने र सो
वापत लाखौ कमिशन लिने गरेको समाचार स्रोतको दावी छ ।

आफु निक्कै अजासू भएको देखाउने थापाको कार्यशैलीबाट र्कितिपुरका कर्मचारीहरु समेत दिक्क भएका छन । काममा भन्दा कुरा बढी गर्ने थापा आर्थिक रुपमा बढी लोभ गरेका कारण कुन खाल्टोमा पर्ने हौं भन्ने चिन्ताले कर्मचारीमा राती निद्रा न दिनमा भोकको अवस्था भएको बुझिएको छ । समाचारको विषयमा थापासँग पटक पटक सम्पर्क गर्दा उनीले फोन उठाएपनि कुरा नसकि कन फोन काट्ने गरेका कारण उनको प्रतिकृया राख्न सकेनौ ।

११,श्रावण.२०७८,सोमबार १५:४३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्