शिक्षण अस्पतालमा राष्ट्रपति विद्यादेवी भण्डारीको नियमित स्वास्थ्य परीक्षण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी नियमित स्वास्थ्य परीक्षणपछि शीतल निवास फर्किएकी छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आज विहान राष्ट्रपतिको स्वास्थ्य परीक्षण भएको हो ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले नियमित स्वास्थ्य परीक्षण शिक्षण अस्पतालमै हुने गरेको र सोही क्रममा डाक्टरहरुसँगको परामर्शपछि फर्किएको जानकारी दिए ।

१५ वर्षअघि क्यान्सरको उपचार गराएकी राष्ट्रपतिको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ । नियमित परीक्षण भने शिक्षण अस्पतालमा हुने गरेको छ ।

१२,श्रावण.२०७८,मंगलवार ११:०६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्