काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइ मुलुकमा उत्पन्न...

पुरा पढ्नुहाेस्

भैँसीलाई घाँस हाल्न गएकी युवतीको गोठमै धारिलो हतियार प्रहार गरी मनकला खत्रीको गरियो हत्या

5.06K
shares
khanepani bord

रुकुमपश्चिम । त्रिवेणी गाउँपालिका ४ छहरेकी २६ वर्षीया मनकला खत्रीको हत्या गरिएको छ ।

गएराति भैँसीलाई घाँस हाल्न गोठतर्फ गएकी मनकलाको अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी हत्या गरिएको स्थानीयले बताएका छन् ।

रुकुमपश्चिम प्रहरी प्रमुख ध्रुवकुमार श्रेष्ठका अनुसार घटनास्थलतर्फ टोली पठाएर अनुसन्धान शुरू गरिएको छ । थप अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुर झिकाइएको श्रेष्ठले जानकारी दिए ।

मनकलाको पति वैदेशिक रोजगारीमा रहेको बताइएको छ ।

IME
khanepani