दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित मालुम मतदान केन्द्रमा निर्वाचन हुन नसकेपछि मतदान स्थगित...

पुरा पढ्नुहाेस्

महन्थ ठाकुर पक्ष रणनीति बनाउँदै, आयोगको फैसलाबारे प्रदेश र संघीय सांसदहरू छलफलमा

4.95K
shares
khanepani bord

काठमाडौं । जसपाको आधिकारिता गुमाएको महन्थ ठाकुर पक्षले आगामी रणनीतिबारे छलफल गरेको छ । ठाकुर पक्षका संघीय र प्रदेश सांसदहरूले निर्वाचन आयोगले पार्टीको आधिकारिकताका सम्बन्धमा गरेको फैसलापछि उत्पन्न परिस्थिति र भावी रणनीतिबारे छलफल गरेका छन् ।

फैसला गरेपछि त्यसको अध्ययन गरी कसरी अघि बढ्ने भन्ने विषयमा छलफल सुरु भएको नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । उनले शेरबहादुर देउवा नेतृत्वको सरकारले भने नजाने बताए । कर्णले भने, ‘सरकारलाई समर्थन गरियो । तर सहभागी हुँदैनौं । अहिले पनि विपक्षमा बस्छौं ।’

ठाकुर पक्षले निर्वाचन आयोगले आफ्नो पार्टी फुटाई दिएको आरोप लगाउँदै आएको छ । सोमबार ५१ जना केन्द्रिय कार्यकारिणी समितिका सदस्यहरूमध्ये ३४ जनाको समर्थन रहेपछि आयोगले उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिकता दिएको थियो ।

IME
khanepani