गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख पदमुक्त

काठमाडौं । गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख पदमुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकीकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनीकी प्रदेश प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गरेकी हुन् ।

मन्त्रिपरिषदको मंगलबार बसेको निर्णयको आधारमा प्रधानमन्त्री शेरबहादुर देउवाले पदमुक्त गर्न सिफारिस गरेपछि उनीहरुलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सरकारले गण्डकीमा पृथ्वी मान सिंह गुरुङ र लुम्बिनीमा अमिक शेरचनलाई प्रदेश प्रमुखका लागि सिफारिस गरेको छ ।

१२,श्रावण.२०७८,मंगलवार २०:२६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्