काठमाडौं । चुनाबको मिति नजिकिदै गर्दा कर्मचारीहरुले मन्त्री र प्रधानमन्त्रीका कुरा सुन्न र उनीहरुका...

पुरा पढ्नुहाेस्

जसपा नेता यादव भन्छन्, ‘रेशम चौधरीलाई कारबाही गरिएको छैन’

4.77K
shares
khanepani bord

काठमाडौ । काठमाडौ जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी समिति सदस्य रामसहायप्रसाद यादवले नेता रेशम चौधरीलाई पार्टीले कारबाही नगरेको बताएका छन्।

जसपाको आन्तरिक विवाद निरूपण गर्न निर्वाचन आयोगले हस्ताक्षर सनाखत गर्न बोलाएका बेला जेलबाटै चौधरी आयोगमा पुगेका थिए। तर उनले जसपा अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरमध्ये कतै पनि हस्ताक्षर गरेनन्, तटस्थ बसे।

‘रेशम चौधरीलाई पार्टीबाट कुनै कारबाही गरिएको छैन। उहाँ केन्द्रीय कार्यकारिणी समिति सदस्य हुनुहुन्छ,’ यादवले बताए ‘कारबाही गर्ने कुनै तयारी पनि छैन।’

आयोगले उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दिएको छ।

जसपाको मंगलबार केन्द्रीय कार्यकारिणी समिति बैठक बसेको थियो। उक्त बैठकले लुम्बिनी प्रदेशका ३ जना सांसदलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो।

प्रदेश सांसदहरु विजयबहादुर यादव, कल्पना पाण्डे लम्साल र सन्तोष पाण्डेलाई सांसदबाट निकाल्न पत्र पठाउने निर्णय भएको एक कार्यकारिणी सदस्यले बताएका छन्।

यस्तै महन्थ ठाकुरलगायत उनी पक्षका नेताहरूलाई निकाल्ने निर्णय पनि भएको थियो।

IME
khanepani