काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई जसरी पनि पक्राउ...

पुरा पढ्नुहाेस्

सशस्त्रका पूर्व डिआइजी प्रवीणकुमार श्रेष्ठको मुद्दामा अन्तरिम आदेशको निरन्तरता दिन सर्वोच्च अदालतले गरे अस्वीकार

4.72K
shares
khanepani bord

काठमाडौं । सशस्त्र प्रहरी बलका पूर्व डिआइजी प्रवीणकुमार श्रेष्ठको मुद्दामा अन्तरिम आदेशको निरन्तरता दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र डा. कुमार चुडालको संयुक्त इजलासले अन्तरिम आदेशको निरन्तरता दिन अस्वीकार गरेको हो ।

यसअघि शुक्रबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले अवकाश पत्र कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । अन्तरिम आदेश दिन अस्वीकार गरे लगत्तै डिआइजी श्रेष्ठ पदमुक्त भएका छन् ।

उमेर हद र सेवाको समय बाँकी रहँदारहँदै पनि केपी ओली सरकारले म्याद थप नगरेका कारण डिआइजी श्रेष्ठले गत असार ९ गते सेवाबाट अवकाश पाएका थिए । आफूले थप एक वर्ष सेवा गर्न पाउनुपर्ने भन्दै श्रेष्ठ सर्वोच्च अदालतमा पुगेका थिए ।

अदालतबाट अन्तरिम आदेशको निरन्तरता नहुने भएपछि अब उनले सेवाबाट अवकाश पाउनेछन् । सेवा अवधि थप भएको भए उनी सशस्त्र प्रहरी महानिरीक्षकको प्रमुख दाबेदार थिए ।

khanepani