सशस्त्रका पूर्व डिआइजी प्रवीणकुमार श्रेष्ठको मुद्दामा अन्तरिम आदेशको निरन्तरता दिन सर्वोच्च अदालतले गरे अस्वीकार

काठमाडौं । सशस्त्र प्रहरी बलका पूर्व डिआइजी प्रवीणकुमार श्रेष्ठको मुद्दामा अन्तरिम आदेशको निरन्तरता दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र डा. कुमार चुडालको संयुक्त इजलासले अन्तरिम आदेशको निरन्तरता दिन अस्वीकार गरेको हो ।

यसअघि शुक्रबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले अवकाश पत्र कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । अन्तरिम आदेश दिन अस्वीकार गरे लगत्तै डिआइजी श्रेष्ठ पदमुक्त भएका छन् ।

उमेर हद र सेवाको समय बाँकी रहँदारहँदै पनि केपी ओली सरकारले म्याद थप नगरेका कारण डिआइजी श्रेष्ठले गत असार ९ गते सेवाबाट अवकाश पाएका थिए । आफूले थप एक वर्ष सेवा गर्न पाउनुपर्ने भन्दै श्रेष्ठ सर्वोच्च अदालतमा पुगेका थिए ।

अदालतबाट अन्तरिम आदेशको निरन्तरता नहुने भएपछि अब उनले सेवाबाट अवकाश पाउनेछन् । सेवा अवधि थप भएको भए उनी सशस्त्र प्रहरी महानिरीक्षकको प्रमुख दाबेदार थिए ।

१३,श्रावण.२०७८,बुधबार १७:०८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्