माओवादीले पदमुक्त गराएका चार नेताको रिटमाथि वरिष्ठतम न्यायाधीश दीपक कुमार कार्कीको इजलासमा सुनुवाइ हुँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रले कारवाही गरेपछि सांसदबाट पदमुक्त भएका चारजना नेताको रिटमाथि वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीको इजलासमा सुनुवाइ हुने भएको छ ।

टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार दर्ता गरेको रिटमाथिको सुनुवाइका लागि कार्कीको इजलासमा पेसी तोकिएको छ ।

चारैजनाले आफूहरूले दल त्याग नगरेको र निर्वाचन आयोगमा रहेको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको भन्दै सांसद पदमा पुनर्वहालीका लागि अन्तरिम आदेश माग गरेका छन् ।

१४,श्रावण.२०७८,बिहीबार ११:०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्