काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय...

पुरा पढ्नुहाेस्

तास खेल्दा पक्राउ परेका वडाध्यक्ष र शिक्षकसहित १५ जनाले ५ सय जरिवाना तिरेर छुटे

5.01K
shares
khanepani bord

सुर्खेत । तास खेलेको आरोपमा हुम्लाको अदानचुली गाउँपालिकामा प्रहरीले पक्राउ गरेका दुई वडाध्यक्ष, एक शिक्षकसहित १५ जनालाई मुद्दा नचलाई छाडिएको छ । गाउँ कार्यपालिकाको निर्णय भन्दै प्रहरीले उनीहरूलाई पाँच सय जरिवाना गराउँदै छोडेको हो ।

बुधबार प्रहरीले गाउँपालिकाको केन्द्रमा अदानचुली गाउँपालिकाका वडा नं. १ का वडाध्यक्ष रज्ञा थापा, वडा नं. ४ का वडाध्यक्ष विष्णु थापा, स्थानीय शिक्षक राजबहादुर डाँगीसहित १५ जनालाई तास खेलिरहेको अवस्थामा रंगेहात समातेर स्थानीय गल्फगाड प्रहरी चौकीले नियन्त्रणमा लिएको थियो । उनीहरुलाई पहिलोपटक कसुर गरेको भन्दै प्रहरी असई कृष्णबहादुर बुढाले नरम कारवाही गरेका हुन् ।

‘गाउँपालिकाले नै जुवातास र मदिरा सेवन गर्नेलाई पाँच सय जरिवाना गरेर छोडने निर्णय गरेको रहेछ । सोहीअनुसार हामीले पालिकाकै रसिदमा पाँच सय जरिवाना गरेर छोडिदिएका हौं,’ असई बुढाले भने, ‘गाउँठाउँको प्रहरी चौकी र जिल्लामा पनि भनेको समयमा फोन नलागेका कारण त्यस्तो गरेका हौं ।’

स्थानीय जनप्रतिनिधिहरूकै सुझावमा निर्णय गरेको उनले बताए । उनीहरुको साथमा दुई-चार सय मात्र रहेको पाइएकोले पनि धेरै जरिवाना नतोकिएको उनको भनाइ छ ।

गाउँपालिका अध्यक्ष दल फडेराले पक्राउ परेकाहरू पेशेवर जुवाडे नभएकाले मिलाइएको हुनसक्ने बताए ।

‘म कोल्टीमा छु । हिजो समातिएका १५ जनालाई प्रहरीले सम्झाई बुझाई छोडेको हो,’ उनले भने, ‘फौजदारी कानूनलाई प्रभावित पार्ने गरी हामीले त्यस्तो कानून बनाएका छैनौं । मदिरा सेवन गर्नेको हकमा भने जरिवाना गर्ने निर्णय गरेका छौं ।’

जिल्ला प्रहरी कार्यालय हुम्लाका निमित्त प्रमुख एवम् प्रहरी निरीक्षक दानसिंह भण्डारीले भने फौजदारी अभियोगमा समातिएकालाई त्यसरी छोड्न कानूनले नमिल्ने बताए ।

‘कार्यपालिकाको निर्णयअनुसार छोडेको भन्ने सुनेको छु । त्यो गलत हो,’ उनले भने, ‘अरु के भएको हो म त्यसबारेमा बुझ्छु । उहाँहरुसँग पैसा बरामद नभएका कारण पनि छोडिएको हुनसक्छ ।’

प्रहरीका अनुसार पक्राउ पर्नेमा वडा नं. १का अध्यक्ष रज्ञा थापा, ४ का अध्यक्ष विष्णु थापा, शिक्षक राजबहादुर डाँगी, सोही पालिकाका स्थानीयहरू भीम फडेरा, विरबहादुर नेपाली, भक्त बुढा, खड्क सुनार, मोहन फडेरा, विष्णु फडेरा, विमल बुढा, गोरख फडेरा, रमेश ऐडी, प्रेम बुढा, बखत रोकाया र दिपक फडेरा रहेका छन् ।

IME
khanepani