काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन...

पुरा पढ्नुहाेस्

केपी शर्मा ओलीले भने, ‘पार्टीको विवादबारे चाँडै छिनोफानो गर्नुहोस्’

4.34K
shares
khanepani bord

काठमाडौ । काठमाडौ नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले छिट्टै पार्टीको विवादको छिनोफानो लगाउन निर्देशन दिएका छन्।

विघटित कार्यदलका आफू पक्षीय नेतालाई ओलीले यस्तो विवादमा धेरै समय अलमलिन नहुनेसमेत बताएका हुन्।

पार्टी सधैँ एउटै कुरालाई लिएर अलमलिन सक्दैन। पार्टीले आफ्ना गतिविधि गर्नुपर्ने हुन्छ, एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले भने,अध्यक्षले पार्टी एकताका लागि प्रयास गरिरहेका नेताहरूलाई छिट्टै विवादको टुंगो लगाउन निर्देशन दिनुभएको छ। यो स्वभाविक हो ।

पार्टी एकता लागि गठित कार्यदलले असार २७ गते १० बुँदे सहमति गरेको थियो। वरिष्ठ नेता माधवकुमार नेपालले कार्यदलको प्रतिवेदनलाई स्वीकारेका छैनन्। कार्यदलले काम सकेकाले यसमा रहेका नेताहरूलाई धन्यवाद दिँदै एमाले केन्द्रीय कमिटीले कार्यदल विघटन गरिसकेको छ। उक्त बैठकमा नेपाल पक्षीय नेताहरूको भने सहभागी थिएनन्।

कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, विष्ण रिमाल, शंकर पोखरेल र प्रदीप ज्ञवाली थिए ।

वरिष्ठ नेता नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण बिष्ट र रघुजी पन्त थिए।

IME
khanepani