काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री बालेन शाहले पार्टी...

पुरा पढ्नुहाेस्

कर्णालीका होटल व्यवसायीलाई पनि कोरोना विरुद्धको खोप दिइने

5.45K
shares
khanepani bord

सुर्खेत। कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री यज्ञबहादुर बिसीले होटल व्यवसायीहरुलाई पनि (कोभिड–१९) विरुद्धको खोप दिइने बताएका छन् ।

बिहीबार होटल व्यवसायी संघ सुर्खेतद्धारा जारी मागपत्र बुझ्दै मन्त्री बिसीले महामारीको मारमा परेका होटल व्यवसायीलाई प्रथामिक्ताका साथ खोपको व्यवस्था गरिने बताए ।

‘अहिले सरकारको प्राथमिकता नागरिकको स्वास्थ्य हो, सबै नागरिकलाई खोप लगाउने हाम्रो लक्ष्य छ, सोहीअनुसार होटल व्यवसायी र त्यहाँ काम गर्ने कर्मचारीहरु पनि खोप दिइने छ,’ मन्त्री बिसीले भने ।

कोरोना महामारीको चपेटामा होटल व्यवसाय क्षेत्र पनि परेकोले यसलाई माथि उकास्ने खालका कार्यक्रमहरु ल्याउने विषमा पनि सामाजिक विकास मन्त्रालयको ध्यानाकर्षण भएको मन्त्री बुढाक्षेत्रीको भनाई छ ।

होटल व्यवसायी संघ सुर्खेतका अध्यक्ष गोरख रावतले कोरोनाकै कारण दुई वर्षदेखि होटल व्यवसाय थला परेकोले आवश्यक नीति तथा कार्यक्रमबाट राहतदिन सरकारसँग अनुरोध गरे ।

‘बिगत दुई वर्षदेखि होटल व्यवसायी थला परेका छौं, राज्यले पनि हामीबाट कर लिन्छ तर महामारीमा खोप भने कञ्जुस्याईं गरिरहेको छ,’ उनले भने । उनका अनुसार सुर्खेतमा मात्र १२ सय ५० होटलहरुमा पाँचहजार कर्मचारीहरु रहेका छन् ।

कर्णालीका होटल व्यवसायी र त्यहाँकामगर्ने कर्मचारीहरुलाई कोरोना विरुद्धको खोप लगाउनुपर्ने माग समेत गरेका छन् ।

IME
khanepani