
सुर्खेत। कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री यज्ञबहादुर बिसीले होटल व्यवसायीहरुलाई पनि (कोभिड–१९) विरुद्धको खोप दिइने बताएका छन् ।
बिहीबार होटल व्यवसायी संघ सुर्खेतद्धारा जारी मागपत्र बुझ्दै मन्त्री बिसीले महामारीको मारमा परेका होटल व्यवसायीलाई प्रथामिक्ताका साथ खोपको व्यवस्था गरिने बताए ।
‘अहिले सरकारको प्राथमिकता नागरिकको स्वास्थ्य हो, सबै नागरिकलाई खोप लगाउने हाम्रो लक्ष्य छ, सोहीअनुसार होटल व्यवसायी र त्यहाँ काम गर्ने कर्मचारीहरु पनि खोप दिइने छ,’ मन्त्री बिसीले भने ।
कोरोना महामारीको चपेटामा होटल व्यवसाय क्षेत्र पनि परेकोले यसलाई माथि उकास्ने खालका कार्यक्रमहरु ल्याउने विषमा पनि सामाजिक विकास मन्त्रालयको ध्यानाकर्षण भएको मन्त्री बुढाक्षेत्रीको भनाई छ ।
होटल व्यवसायी संघ सुर्खेतका अध्यक्ष गोरख रावतले कोरोनाकै कारण दुई वर्षदेखि होटल व्यवसाय थला परेकोले आवश्यक नीति तथा कार्यक्रमबाट राहतदिन सरकारसँग अनुरोध गरे ।
‘बिगत दुई वर्षदेखि होटल व्यवसायी थला परेका छौं, राज्यले पनि हामीबाट कर लिन्छ तर महामारीमा खोप भने कञ्जुस्याईं गरिरहेको छ,’ उनले भने । उनका अनुसार सुर्खेतमा मात्र १२ सय ५० होटलहरुमा पाँचहजार कर्मचारीहरु रहेका छन् ।
कर्णालीका होटल व्यवसायी र त्यहाँकामगर्ने कर्मचारीहरुलाई कोरोना विरुद्धको खोप लगाउनुपर्ने माग समेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्