अब एमालेले महिला युथ फोर्स गठन गर्ने, माधव नेपाल एमालेमै सक्रिय हुने संकेत ?

काठमाडाै‌ । नेकपा एमालेले महिला युथ फोर्स गठन गर्ने तयारी गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग असहमती राख्दै अाएका माधव नेपालपनि अब एमालले मै रहने स‌केत गरेका छन ।

सरकारबाट बाहिरिनेवित्तिकै युथ फोर्स ब्युँताएको एमालेले बृहत् युवा महिला भेला गरेर महिला युथ फोर्स घोषणा गर्ने तयारी गरेको छ।

साउन २३ गते काठमाडौंमा बृहत् भेला गर्ने र त्यस दिन उपत्यकास्तरीय महिला युथ फोर्स घोषणाको तयारी गरिएको हो।

राष्ट्रिय युवा संघ नेपालले बृहत युवा महिला भेला गरेर महिला युथ फोर्स घोषणा राष्ट्रिय सभागृहबाट गर्न लागेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा बृहत युवा महिला भेला र महिला युथ फोर्स घोषणा गर्ने तयारी छ।

१५,श्रावण.२०७८,शुक्रबार ०७:०४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्