काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले राष्ट्रमा आएको संकट...

पुरा पढ्नुहाेस्

कोरोना संक्रमण बढेपछि प्रधानमन्त्रीले बोलाए, सीसीएमसी बैठक

5.2K
shares
khanepani bord

काठमाडौं । मुलुकमा कोरोनाभाइरस संक्रमणमा वृद्धि भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आज अपरान्ह (कोभिड १९) संकट व्यवस्थापन केन्द्र निर्देशक समिति (सीसीएमसी)को बैठक बोलाएका छन् ।

बैठकमा सीसीएमसी अध्यक्ष समेत रहेका प्रधानमन्त्रीलाई पछिल्लो भाइरस संक्रमणको अवस्थाबारे ब्रिफिङ गरिने प्रवक्ता नूरहरि खतिवडाले जानकारी दिए । स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयले पेश गर्ने प्रस्तावमाथि पनि छलफल हुने प्रवक्ताले जानकारी दिए ।

पछिल्लो साता काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न अस्पतालका शैय्या कोभिड बिरामीले भरिभराउ हुन थालेका छन् । स्वास्थ्य मन्त्रालयले असोज मध्यदेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपण गरेको छ । भाइरस रोकथामका लागि चालिनुपर्ने आगामी योजना, खोप अभियान, स्वास्थ्य पूर्वाधारको व्यवस्थापनबारे सीसीएमसीको बैठकमा छलफल हुने जनाइएको छ ।

कोरोना संक्रमण बढेर बिहीबार २४ प्रतिशत पुगेको छ भने अहिले दैनिक संक्रमण संख्या तीन हजारदेखि ४ हजारको बीचमा छ ।

IME
khanepani