जोन चियर पर्सन योगेन्द्र प्रताप शाहीको अध्यक्षतामा जोन १ को र्भचुअल मिटिङ सम्पन्न

काठमाडौं । अन्तर्राष्ट्रिय एसोसियसन आफ लायन्स क्लव मल्टिपल ३२५, डिष्ट्रिक ३२५ ए २ को कलस्टर, एरिया, रिजन अन्तरगत जोन १ को डिष्ट्रिक गर्भनर फस्ट एडमाइजरी मिटिङ यहि १३ गते बुधबारका सम्पन्न भएको छ । जोन चियर पर्सन योगेन्द्र प्रताप शाहीको अध्यक्षतामा र्भचुअल मिटिङ भएको हो । सो अवसरमा जोन १ का चार क्लवहरुको उत्साहजनक उपस्थिति भएको थियो ।

क्लवका अध्यक्षहरु जर्नालिष्ट क्लवका लायन नेत्र न्यँपाने, रिजेन्सी क्लवका लयान सूरुची पोखरेल, जागृती क्लवका लायन राबबाबु प्रसाई र मेलम्ची क्लवका लायन शिब भट्टराईले लायन्स बर्ष २०२१ र २२ लागि आ आफ्नो क्लवको तयारी रिपोर्ट प्रस्तुत गरेका थिए ।

उक्त जोन मिटिङमा प्रमुख अतिथिका रुपमा गर्भनर लायन केशब पाण्डे, अतिथिहरुमा प्रथम भाइस गर्भनर लायन दिनेश श्रेष्ठ, सेकेन्ड भाइस गर्भनर लायन उत्तम झा, पिडिजीहरु लायन बिजु बज्र्राचार्य, क्याविनेट सेक्रेटरी लायन शिव कटुवाल, डिष्ट्रिक क्याविनेटकि हुमन फ्यामेली म्यामबरसिप चियर पर्सन लायन प्रनिता शर्मा बराल, कलस्टर चिफ लायन कृष्णज्योति शाक्य, एरिया चिफ लायन भरत प्रसाई, लायन लिडर लक्ष्मी महत, कलस्टर सेक्रेटरी लायन विनिता मैया नकर्मी, रिजन चिफ लायन अम्बिका भट्टराईले आ आफ्ना धारणा राख्र्दै, बैठकको सफताको शुभकामना दिएका थिए ।

सो अवसरमा जोन चियर पर्सनहरु लायन दिपक मान्नधर, लयान गुरु बराल र लायन गणेश आर्चायको पनि सहभागिता रहेको थियो । उक्त जोन बैठकमा जर्नालिष्ट क्लवका प्रथम भाइस प्रेसिडेन्ट यज्ञबहादुर ढकालले सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । जोन १ को पहिलो जोन मिटिङ नेपाली जनता अनलाइन पत्रिकाको मुख्य कार्यालयमा भएको थियो ।

१५,श्रावण.२०७८,शुक्रबार १५:१२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्