काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले राष्ट्रमा आएको संकट...

पुरा पढ्नुहाेस्

पूर्वमाओवादी नेताहरुको रिट निवेदनमाथिको सुनुवाई स्थगित

5.02K
shares
khanepani bord

काठमाडौं । पूर्वमाओवादी नेताहरुले सांसद पद कायम गरी पाउँ भनी सर्वोच्च अदालतमा दिएको रिट निवेदनमाथिको सुनुवाई स्थगित भएको छ ।

पूर्वमाओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरी शंकर चौधरी र प्रभु शाहले आफूहरुले माओवादी परित्याग गरी एमाले प्रवेश गरेको घोषणा नगर्दै सांसद पदबाट निकालिएको जिकिर गर्दै आफुहरुको सांसद पद कायम गरि पाउँ भनी सर्वोच्चमा रिट दायर गरेका छन् ।

शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा उनीहरुको रिटको पेसी तोकिएको थियो । तर, रिट निवेदकतर्फका कानुन व्यावसायीहरुले सुनुवाइ स्थगित गर्न आग्रह गरेपछि शुक्रबारलाई सुनुवाई स्थगित भएको सर्वोच्च अदालतले जनाएको छ ।

IME
khanepani