काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिले वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताएका छन् ।
प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा विशेष समयलाई लिएर बोल्दै गिरिले २०६२/६३ को जनआन्दोलन सफल भएपछि बनेको अन्तरिम संविधानका सम्वाहकहरु अहिले सरकारमा रहेको बताए ।
सरकार गठनमा भूमिका खेलका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, उपेन्द्र यादव लगायतको नाम दिँदै उनले भने, ‘यो सरकार असफल भयो भने शेरबहादुरजी असफल हुनुहुन्न, बुझ्नुस् सरोकारवालाहरुले ।’
उनले अघि भने, ‘संविधान असफल हुन्छ । संविधान असफल भएर पनि केही बिग्रिँदैन, व्यवस्था असफल हुन्छ । व्यवस्था असफल हुनु भनेको सोच्दा मात्र पनि कहाली लाग्छ मलाई ।’
संविधनको हस्ताक्षर नगरेको भए पनि बाटो अर्को नदेखेकाले संविधानको रक्षा गर्न बोलेको लेखेको उनले बताए ।
कांग्रेस सांसद गिरिले १०० दिनभन्दा बढी समय लिए पनि हुने तर, लक्ष्यबारे स्पष्ट हुनुपर्ने बताए । उनले पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई पार्टीका दिवंगत नेता गिरिजाप्रसाद कोइरालाले हिजो हिंसावादीलई मूलधारमा ल्याएको स्मरण गर्दै प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई संविधानवादको शिक्षा दिन आग्रह गरे ।
उनले अघि भने, ‘प्रतिपक्षको नेता भएर पनि यस संविधान अन्तर्गत प्रधानमन्त्री भएर पनि संविधानको मर्म नबुझनु भएका पूर्वप्रधानमन्त्री, संविधानको संरक्षक भएर रहनु भएका राष्ट्रपतिलाई पनि कसरी बढीभन्दा बढी संविधानवादको शिक्षा दिने यो हाम्रो ठूलो लक्ष्य हो ।’
दैनिक समस्याबाट पनि मुक्त हुन नपाइने भन्दै कोभिडबारे ठोस कदम चाल्न र जनताले चाहे जस्तो मन्त्रिमण्डल बनाउन पनि प्रधानमन्त्री देउवालाई सुझाव दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्