माओवादी केन्द्रको प्रस्ताव, सरकार सञ्चालनका लागि संयुक्त संयन्त्र बनाऔं

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार सञ्चालनका लागि संयुक्त संयन्त्र बनाउने प्रस्ताव गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले सत्ता गठबन्धनका तर्फबाट साझा कार्यक्रम र आचारसंहिता समेत बनाएर जानुपर्ने बताए ।

‘एउटा न्यूनतम साझा कार्यक्रम, न्यूनतम साझा आचारसंहिता र सरकार सञ्चालनका लागि एउटा संयुक्त संयन्त्र निर्माण गरेर चाँडोभन्दा चाँडो अगाडि बढौं,’ उनले भने ।

अहिले मुलुकमा वाम प्रजातान्त्रिक एकताको माहोल बनेको उल्लेख गर्दै पोखरेलले यसलाई अझ व्यवस्थित बनाएर जानुपर्नेमा जोड दिए । ‘यतिखेर वामप्रजातान्त्रिक एकताको माहोल बनेको छ । यसलाई अझ व्यवस्थित गरौं,’ उनले अगाडि भने, ‘२०७२ सालमा संविधान जारी भए लगत्तै अवलम्बन गर्नुपर्ने त्यो बाटो थियो । कतै कमीहरु भए । नयाँ परिस्थिति आएको छ, फेरि एक पटक व्यवस्थित गरेर लैजानुपर्ने आवश्यकता छ ।’

१५,श्रावण.२०७८,शुक्रबार १५:०६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्