कैलालीमा अवैध रूपमा बालुवा उत्खननमा प्रयाेग गरिएका ११ ट्याक्टरमाथि कारवाही

Ashish Gautam
ashish@nepalijanta.com

धनगढी । कैलालीमा अवैध रूपमा बालुवा उत्खननमा प्रयाेग गरिएका ११ ट्याक्टरमाथि प्रहरीले कारवाही गरेकाे छ ।

शनिबार बिहान गाेदावरी नगरपालिका-९ काे खुटिया खाेलाबाट अवैध रूपमा बालुवा उत्खनन् गर्ने ११ ट्याक्टरलाई नियन्त्रणमा लिएर कारवाही गरिएकाे प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक विष्टले अवैध उत्खननमा प्रयाेग भएका ट्याक्टरलाई ६ हजार रूपैयाँ दरले गाेदावरी नगरपालिकालाई जरिवाना तिराएकाे बताए । उनले ट्याक्टर चालकहरूलाई सम्झाइबुझाई गरेर छाडिएकाे पनि जानकारी दिए ।

यो पनि पढ्नुहोस  कोरोना भाइरसले एकै परिवारका चारजनाको मृत्यु
१६,श्रावण.२०७८,शनिबार १३:३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: