रौतहटको गरुडामा आईटी आर्मीले मोटरसाइकल र्‍यालीसहित गरे प्रदर्शन

रौतहट । रौतहटको गरुडामा आईटी आर्मीले मोटरसाइकल र्‍यालीसहित प्रदर्शन गरेको छ ।

देशमा व्याप्त दुराचार, भ्रष्टाचार एवं बेथितीका विरुद्ध जनचेतना फैलाउने उद्देश्यले मोटरसाइकल र्‍याली गरेको अध्यक्ष चन्द्रभूषण साहले बताए । जिल्लाका अधिकांश पालिकाबाट युवाहरु सो कार्यक्रममा सहभागी भएका थिए ।

गरुडाबाट शुरु भएको मोटरसाइकल ¥याली बालचनपुर हुदै जिल्लाका विभिन्न पालिकाहरुमा पुगेको थियो । नवगठित सो सँस्थाले विभिन्न स्थानीय तहहरुमा संगठन निर्माणको कार्यलाई पनि तीव्रता दिएको छ ।

१६,श्रावण.२०७८,शनिबार १५:४६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्