काठमाडौँ । ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले यही फागुन...

पुरा पढ्नुहाेस्

कोभिड १९ का कारण पछिल्लो ३ सातामा विदेशमा थप ३९ जना नेपालीको मृत्यु

6.07K
shares
khanepani bord

बेलायत । विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस (कोभिड १९) का कारण पछिल्लो ३ सातामा विदेशमा थप ३९ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार मलेशियामा ३७ जना, इराक र युगान्डामा १–१ जना नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको हो ।

संघका अनुसार हालसम्म भारतसहित विश्वका २९ मुलुकमा रहेका ४ सय ८६ जना नेपालीको कोभिड १९ का कारणले निधन भएको छ । इराकमा भने पहिलोपटक कोरोनाका कारण नेपालीको ज्यान गएको हो । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशका ५४ देशमा १ लाख २७ हजार ९ सय ३४ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये १ लाख १७ हजार ५ सय २९ जना नेपाली कोरोनामुक्त भएका छन् ।

समितिका संयोजक डा.संजिव सापकोटाका अनुसार हालसम्म विदेशमा कोरोना संक्रमणबाट ९१ दशमलव ८६ प्रतिशत नेपाली संक्रमणमुक्त भएका छन् । सापकोटाका अनुसार विगत दुई सातामा मलेसिया र भारतमा रहेका नेपालीमा भने थप कोरोना संक्रमण देखिएको छ ।

IME
khanepani