काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता एवं नागरिक बचाउ दलका संरक्षक दुर्गा...

पुरा पढ्नुहाेस्

अर्थसचिवमा मधु मरासिनी, ढुंगाना प्रधानमन्त्री कार्यालयमा

4.2K
shares
khanepani bord

काठमाडौं । सरकारले अर्थसचिवमा मधु मरासिनीलाई सरुवा गरेको छ । यसअघि महालेखा नियन्त्रक रहेका मरासिनीलाई सरकारले अर्थमा सरुवा गरेको हो । १२ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले तीन सचिवहरुको सरुवा गरेको हो ।

यसअघि अर्थसचिव रहेका शिशिरकुमार ढुंगानालाई भने सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको छ । ढुंगाना राजन खनाल सेवा निवृत्त बनेसँगै अर्थसचिव बनेका थिए ।

त्यसअगाडि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै थिए । साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेका सचिव लक्ष्मण अर्याललाई समेत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ल्याइएको स्रोतले जनाएको छ ।

khanepani