दार्चुला घटनाबारे तत्काल छानबिन गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले दार्चुलामा नेपाली युवा जयसिंह धामी तर्दै गर्दा भारतीय प्रहरीले तुइनको डोरी काटिदिएको घटनाबारे तत्काल छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको निर्णय सुनाउदै समिति सभापति पबित्रा निरौला खरेलले भनिन्, ‘दर्चुलामा तुइन तर्दै गर्दा भारतीय एसएसबीले तुइनको डोरि काटिदिएको भन्ने आएको छ यसबाट तत्काल छानबिन गर्न समिति संबंधित मन्त्रालयलाई निर्देश गर्दछ ।”

समितिमा सांसहरुले दार्चुला घटनाबारे छानबिन हुनुपर्ने बताएका थिए । दार्चुला घटना भारतले नेपालप्रति हेर्ने एउटा उदाहरण र हेपाहा प्रवृत्तिको निरन्तरता भएको भनी घटनाको निन्दा गरेका थिए ।

१७,श्रावण.२०७८,आईतवार १७:३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्