खाल्डोमा जमेको पानीमा डुबेर गोरखामा बालिकाको मृत्यु

गोरखा । गोरखा खाल्डोमा जमेको पानीमा डुबेर गोरखामा एक बालिकाको मृत्यु भएको छ । पालुङटार नगरपालिका–६ लामाटारीकी १३ वर्षीया आशा तामाङको आइतबार दिउँसो डुबेर मृत्यु भएको हो ।

सोही ठाउँस्थित पौवाटार सेरा जाने बाटोको ग्राभेल सडकमा परेको खाल्डोमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

१७,श्रावण.२०७८,आईतवार १७:४३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्