काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी जनताको बिचमा साँघुरिने, खुम्चिने, आइशोलेशनमा जाने...

पुरा पढ्नुहाेस्

माओवादीको स्थायी कमिटी बैठक स्थगित

3.91K
shares
khanepani bord

काठमाडौ । काठमाडौ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ।

सरकारमा जाने मन्त्रीहरू टुंगो लगाउन आज अपरान्ह ३ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको थियो।

तर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताले आज बैठक नबस्ने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवासँग अध्यक्ष प्रचण्डले आइतबार भेट गर्ने भने पनि भेटवार्ता हुन सकेको थिएन।

माओवादी स्थायी कमिटी सदस्य गणेश शाहले आज बस्ने भनेको स्थायी कमिटी बैठक स्थगित भएको बताए।

सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल हुनै बाँकी रहेको र अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्नेजस्ता कार्यक्रम बाँकी नै रहेकोले स्थायी कमिटी बैठक आज नबस्ने भएको छ।

khanepani