काठमाडौं । जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंशबारे जाँचबुझ गर्न गठित आयोगले दुई...

पुरा पढ्नुहाेस्

मेलम्ची आयोजना क्षेत्रको भौगर्भिक अध्ययन गरिदिन एडीबीलाई पत्राचार

3.85K
shares
khanepani bord

काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजना भन्दा माथिल्लो क्षेत्रको भौगर्भिक अवस्थाको अध्ययन गरिदिन एसियाली विकास बैंक (एडीबी) लाई पत्राचार गरेको छ ।

सोमबार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बैठकमा मेलम्ची खानेपानी विकास समितिकी अध्यक्ष तथा खानेपानी सचिव प्रमिलादेवी बज्राचार्यले मेलम्ची आयोजनाको मुख्य बाँध भन्दा माथिको भौगर्भिक अध्ययन गर्न एडीबीलाई पत्राचार गरेको जानकारी दिए ।

‘मेलम्चीको हेडवर्क्स भन्दा माथिबाट लेदोसहितको बाढी आएको छ । यसबारे एडीबीलाई पनि पत्राचार गरेर दीर्घकालीन अध्ययन गरिदिनुस् भनेका छौँ । के कस्तो जिओलोजी के छ अध्ययन गरेर प्रतिवेदन दिन भनेका छौं’ उनले भनिन् ।

IME
khanepani