युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीबाट हटाइए डा. गौतम

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले (कोभिड–१९) युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमलाई हटाएको छ ।

मन्त्रीस्तरीय निर्णयका आधारमा गौतमलाई थापाथलीस्थित प्रसुती तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएको छ । डा. गौतमको ठाउँमा ट्रमा सेन्टरका डा. रुद्र मरासिनीलाई पठाइएको छ ।

स्वास्थ्य मन्त्रालयको प्रवक्ता रहेका डा. गौतमलाई मन्त्रालयले १० जेठमा युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारी तोकेको थियो ।

यसैबीच स्वास्थ्य समन्वय शाखामा डा. विवेकलाल कर्णलाई सरुवा गरिएको छ भने उनको ठाउँमा सार्क क्षयरोग केन्द्रकी डा. रीता जोशीलाई पठाइएको छ ।

१८,श्रावण.२०७८,सोमबार १६:०३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्