काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी जनताको बिचमा साँघुरिने, खुम्चिने, आइशोलेशनमा जाने...

पुरा पढ्नुहाेस्

फेरि लकडाउनको हल्लाले उद्योगी चिन्तित, कोरोना खोप लगाएर व्यवसाय सन्चालन गर्न पाउनुपर्ने माग

4.98K
shares
khanepani bord

काठमाडौं । पहिलो र दोस्रो चरणको लकडाउनले थला परेको अर्थतन्त्रमा सकारात्मक सुधारको आश गरिरहेकै बेला कोरोनाको नयाँ–नयाँ भेरियन्ट आएर फेरि लकडाउन हुने हल्ला चलेसँगै उद्यागी व्यवसायी चिन्तामा परेका छन् ।

उद्योगी, व्यवसायी र मजदुरले कोरोनाविरुद्धको खोपसमेत नपाइरहेका बेला तेस्रो चरणको लकडाउन हुने हल्लाले व्यवसायीहरु चिन्तित भएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सलगायतका निजी क्षेत्रका संगठनहरुले कोरोनाको खोप माग गरिरहेका छन् ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि निजी क्षेत्रले कोरोनाविरुद्धको खोप मागेका थिए । ओलीले प्रधानमन्त्रीबाट हट्नुभन्दा एक दिनअगाडि राष्ट्रको नाममा सम्बोधन गर्दै सरकारले केही खोप ल्याएको र देशका लागि आवश्यक थप खोप पनि नेपालले ल्याउने प्रक्रियामा रहेको बताएका थिए ।

विश्वासको मत लिने बेला प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको प्राथामिकतामा कोरोनाविरुद्धको खोप भएको बताएका थिए । तर उद्योगी, व्यवसायी र मजदुरले अझैसम्म खोप लगाउन पाएका छैनन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले चीनसँगको १६ लाख डोज खोप नयाँ सरकार आएपछि चीनले दिने प्रतिवद्धता गरेको बताए । उनले भने, ‘पहिलेको सरकारले नै पहल गरेको कोरोनाविरुद्धको खोप ल्याउने कामले निरन्तरता पाइरहेको छ । पहिले नै सरकारले चीनसँग किनेको ६० लाख, जापानबाट १६ लाख र भुटान तथा भारतबाट पनि कोरोनको खोप ल्याउन पहल भइरहेको छ । विभिन्न देशले दिने भनेको खोप नेपालले प्राप्त गर्दा चैतसम्ममा सबैलाई खोप लगाइ सकिने छ ।’

कोरोनाको कारणले विद्यालय, सिनेमा हल, पार्टी प्यालेस, रात्रिकालीन व्यवासाय र पर्यटन क्षेत्र बन्द छन् । उद्योगधन्दा कलकारखाना, उत्पादनमूलक क्षेत्र र व्यापार समय तोकेर सञ्चालनमा आएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सबैलाई कोरोनाविरुद्धको खोप लगाएर अर्थतन्त्रलाई चलायमान राख्नुपर्ने बताए ।

गोल्छाले भने, ‘अहिले नेपाल मात्रै होइन विश्व नै कोरोनाले क्रसित छ । नेपालमा कोरोनाविरुद्ध खोप सबैलाई लागाएर देशको अर्थतन्त्र चलायमान बनाउनु पर्छ । कोरोना सुरु भएपछि बन्द भएका उद्योगहरु अझै पूर्णरुपमा सञ्चालन हुन सकेका छैनन् । पर्यटनलगायतका केही क्षेत्र उठ्नै गाह्रो भइरहेको छ । सरकारले निजी क्षेत्रलाई प्राथामितामा राखेर खोप दिनु पर्छ ।’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कोरोनाविरुद्धको खोपलाई व्यापक बनाएर लैजानुपर्ने बताए । मल्ले भने, ‘जहाँबाट सजिलै कोरोनाविरुद्धको खोप ल्याउन सकिन्छ, त्यहाँबाट खोप ल्याएर सबैलाई खोप लगाइदिउँ । विश्वमा ठूला अर्थतन्त्र भएका देशले समेत आफ्नो आर्थिक क्रियाकलापलाई चलायमान नै राखेका छन् । हामीले कोरोना संक्रमण वृद्धि हुँदै जाँदा स्वास्थ्यको मापदण्ड पूर्णरुपमा पालना गरेर अर्थतन्त्रलाई चलायमान बनाउनुपर्छ ।’

स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरुपमा पालना नगरेका कारण अहिले कोरोना संक्रमण वृद्धि भएको उनको बुझाइ छ ।

khanepani