काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ कार्यदलको बैठक बसेको छ।
गठबन्धनबाट सरकारका न्युनतम साझा कार्यक्रम निर्माण गरी जारी गर्नेबारे तयारी गर्न मंगलबार बिहान बैठक बसेको छ। कार्यदलले न्युनतम साझा कार्यक्रमबारे मस्यौदा बनाइरहेको छ।
उक्त कार्यक्रममा के(के विषय राख्ने भन्नेबारे सोमबार गठबन्धनका शीर्ष नेताबीच पनि कुराकानी भएको थियो।
न्युनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने तयारी गरिएको छ। नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वमा सात सदस्यीय कार्यदल छ, जसमा कांग्रेसबाट २, माओवादी केन्द्रबाट २ र जसपाबाट २ सदस्य छन्।
संयोजक खड्काले बैठक जारी रहेको बताए। गठबन्धनलाई दीगो बनाउने, पूरा कार्यकाल संसद चलाउने वातावरण तयार गर्ने, मन्त्री छान्न मापदण्ड बनाउनेलगायत विषयमा पनि कार्यदलमा छलफल भएका छन्।
प्रतिक्रिया दिनुहोस्