काठमाडौँ । कम्बोडियामा अलपत्र परेका २१ जना नेपाली नागरिकलाई उद्धार गरी नेपाल फर्काइएको छ...

पुरा पढ्नुहाेस्

कोरोना संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप एकसाता लम्बियो, आजदेखि निषेधाज्ञा अनुगमनमा कडाइ हुने

5.82K
shares
khanepani bord

काठमाडौं । कोभिड-१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप एकसाता लम्बाइएको छ । उपत्यकाका तीनै जिल्ला प्रशासनको संयुक्त बैठकले साउन २७ गते मध्यरातसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

तीनै सीडीओले निषेधाज्ञा अनुगमनलाई कडा बनाउने निर्णय समेत गरेका छन् । सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई जरिवाना गर्ने र भीडभाड गर्नेलाई कानूनी कार्वाही गर्ने निर्णय भएको काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीले जानकारी दिए ।

अन्य आदेश भने साविककै कायम रहने निर्णय पनि प्रशासनले गरेका छन् । सुरक्षा निकायले नै निषेधाज्ञाको अनुगमन गर्ने भएका छन् ।

IME
khanepani