
काठमाडौं । सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा काठमाडौं निवासी मधुप्रसाद रेग्मीलाई नियुक्त गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले रेग्मीलाई आयोगको अध्यक्ष बनाएको हो ।
शिक्षकहरुको नियुक्ति एवं वृत्ति विकासमा भूमिका खेल्ने यस आयोगका सदस्यहरुमा काठमाडौं निवासी डिल्लीराम रिमाल र नन्दकुमारी महर्जनलाई नियुक्त गरिएको सरकारका प्रवक्ता एवं मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
त्यसैगरी मंगलबारको क्याबिनेट बैठकले राष्ट्रिय जीवनमा उल्लेख्य योगदान पुर्याएका देहायका व्यक्तिहरुलाई विभुषण समितिको सदस्यमा तोक्ने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए ।
मन्त्री कार्कीका अनुसार सुदूर पश्चिमाञ्चल विश्वविद्यालयकी पूर्वउपकुलपति भुषण श्रेष्ठ, त्रिभुवन विश्वविद्यालयका पूर्वरजिष्ट्रार गोविन्दप्रसाद शर्मा, कलाकार मदनदास श्रेष्ठ, उद्यमी कुशप्रसाद मल्मी, इञ्जिनियर ओमप्रकाश महतो सुँडी र पूर्वजर्नेल नरबहादुर कँडेल विभूषण समितिमा मनोनयन भएका छन् ।
प्रतिक्रिया दिनुहोस्