सानिमा लाइफ इन्स्यारेन्सको सर्वसाधारणका लागि साधारण सेयर आईपीओ खुल्यो

काठमाडौं । सानिमा लाइफ इन्स्यारेन्सको सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन खुला भएको छ । नेपाल धितोपत्र बोर्डको अनुमति पछि कम्पनीले आज बुबधबारदेखि ६० लाख कित्ता आईपीओका लागि आवेदन खुला गरेको हाे ।

कम्पनीले आफ्नो जारी पुँजी दुई अर्बको ३० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबर प्रति सेयर एक सयका दरले आईपीओ निष्काशन गर्न लागेको हो ।

६० लाख कित्ता मध्ये ३ लाख कित्ता अथार्त कुल निष्कासनको ५ प्रतिशत सेयर कर्मचारीलाईलाई, ५ प्रतिशत नै सेयर सामुहिक लगानी कोषको लागि सुरक्षित गरिएको र बाँकी ५४ लाख कित्ता शेयर सर्वसाधारणमा निष्कासन हुनेछ ।

सानिमाको लाइफको सेयर निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ । २० गतेदेखि खुला हुने आईपीओका लागि २४ गतेसम्म आवेदन दिन पाइनेछ ।

२०,श्रावण.२०७८,बुधबार ११:२३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्