काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई जसरी पनि पक्राउ...

पुरा पढ्नुहाेस्

प्रधानमन्त्री शेरबहादुर देउवाले चाहे फेरि स्वास्थ्यमन्त्री बन्न तयार छु : गगन थापा

4.21K
shares
khanepani bord

चितवन । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले चाहे आफू स्वास्थ्यमन्त्री बन्न तयार रहेको बताएका छन् । भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै थापाले देश कोरोना महामारीसँग लडिरहे पनि सरकारले स्वास्थमन्त्री बनाउन नसकेको टिप्पणी गरे ।

‘संसदमै बस भने पनि ठीक छ, सरकारमा आएर काम गर भने बकाइदा काम गरिनेछ’, थापाले भने, ‘प्रधानमन्त्रीले फ्रि ह्याण्ड भएर काम गर्नुपर्छ ।’ उनले अहिले गठबन्धनको सरकार भएकाले मन्त्री बन्न आफूले कुनै दबाब नदिएको बताए । गठबन्धनको घटक माधव नेपाल समूहको सरकारमा सहभागीता टुंगो नलागेकाले मन्त्रिपरिषद् विस्तारमा ढिला भएको थापाको भनाइ छ ।

थापाले सरकारको न्यूनतम साझा कार्यक्रम आएँगै २-३ दिनभित्र सरकारले पूर्णता पाउने विश्वास व्यक्त गरे । कांग्रेस अहाधिवेशन सार्न नहुनेमा अडिग रहँदै नेता थापाले भने, ‘सदस्यता विवाद देखाएर महाधिवेशन सार्न हुँदैन, केही दिन तलमाथि भए पनि पर सार्नुहुँदैन । तत्काल केन्द्रीय समिति बैठक राख्नुपर्छ, महाधिवेशन नभए कांग्रेसकै सामूहिक असफलता हुन्छ ।’

khanepani