काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानका जनतालाई तानाशाहीबाट मुक्त गराउने प्रयासमा केन्द्रित रहेको...

पुरा पढ्नुहाेस्

सरकारले कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज दिने अभियान साउन २२ गतेदेखि देशैभर गर्ने सन्चालन

5.34K
shares
khanepani bord

काठमाडौं । सरकारले कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज दिने अभियान साउन २२ गतेदेखि देशैभर सन्चालन गर्ने भएको छ ।

असार २९ गतेदेखि ५५ वर्ष वा सो भन्दा माथिका व्यक्तिहरुलाई भेरोसेलको पहिलो डोज दिइएको थियो । पहिलो डोज लिएको २१ दिनभित्र दोस्रो डोज दिनुपर्छ ।

स्वास्थ्य मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार साउन २२ गतेदेखि दोस्रो डोज लगाउने अभियान सुरु हुने भएकाले सोही अनुसार अभियान सन्चालन गर्न मन्त्रालयले ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाई अनुरोध गरेको छ ।

हालसम्म खोप लगाउन बाँकी रहेका व्यक्तिहरुले स्वास्थ्य मन्त्रालयको वेभसाइटमा गएर अनिवार्य आफ्नो विवरण इन्ट्री गर्नुपर्ने छ । सोको आधारमा मात्र लक्षित समूहभित्रका व्यक्तिलाई खोप दिने व्यवस्था गर्न मन्त्रालयले भनेको छ ।

यसैगरी विदेश जाने नेपाली नागरिकलाई क्यूआर कोडसहितको कोरोना खोप लगाएको विद्युतीय प्रमाणपत्र उपलब्ध गराउने काम कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रबाट साउन २० गतेदेखि सुरु गरिएको छ ।

यो काम काठमाडौं उपत्यकालगायत अन्य जिल्लाहरुमा पनि विस्तार गर्दै जाने र खोपको मात्र पूरा गरेका सबै व्यक्तिहरुलाई क्रमशः क्यूआर कोडसहितको विद्युतीय प्रमाणपत्र दिइने मन्त्रालयले जनाएको छ ।

IME
khanepani